शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना महामारी : १० महिनामा १० लाखभन्दा बढीको मृत्यु, अझै १० लाख मर्नसक्ने

कोरोना महामारी : १० महिनामा १० लाखभन्दा बढीको मृत्यु, अझै १० लाख मर्नसक्ने

अमेरिकामा मात्रै अहिलेसम्म २ लाख ५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएको १० महिनाभित्रमा विश्वभर १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ। मृतकमध्ये करिब आधा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोका छन्। 

triton college

अमेरिकामा मात्रै अहिलेसम्म २ लाख ५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। 

त्यसैगरी ब्राजिलमा १ लाख ४२ हजार, भारतमा ९५ हजार ५०० र मेक्सिकोमा ७६ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ। 

कोरोना संक्रमणको पहिलो केस १० महिनाअघि चीनको वुहानमा देखिएको थियो। गएको वर्ष डिसेम्बर अन्तिम साता सुरु भएको कोरोना अहिले विश्वका १८८ देशमा फैलिसकेको छ भने ३ करोड ३३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। 

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन विश्वका थुप्रै अनुसन्धानकर्ता जुटिरहेका छन्। तर, अहिलेसम्म अपेक्षाकृत सफलता मिलिराखेको छैन। यो वर्ष भ्याक्सिन बन्ने सम्भावना कम देखिएको विश्व स्वास्थ्य संगठनले बताएको छ। 

corrent noodles
Metro Mart

भ्याक्सिन आउनुअघि कोरोना संक्रमणका कारण २० लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी डब्लुएचओले दिएको छ। 

प्रकाशित: Sep 29, 2020| 03:33 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।