बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अनुगमनको पत्तो पाएपछि विराटनगरका औषधि पसल सञ्चालक फरार

अनुगमनको पत्तो पाएपछि विराटनगरका औषधि पसल सञ्चालक फरार

औषधि पसलमा अनुगमन सुरु भए लगत्तै विराटनगरका १८ बटा फार्मेसी सञ्चालक फरार भएका छन् । 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

विराटनगर– औषधि पसलमा अनुगमन सुरु भए लगत्तै विराटनगरका १८ बटा फार्मेसी सञ्चालक फरार भएका छन् । 

triton college

सोमबार विराटनगरको नोबेल अस्पताल आसपासका १८ वटा फार्मेसी बन्द गरेर सञ्चालक भागेको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले जानकारी उनले दिए । अनुगमन टोली पुग्नसाथ फार्मेसी सञ्चालकबीच भागाभाग भएको उनले बताए । 

‘व्यवसायी उपस्थित नभइकन नियमविपरीत तरिकाले औषधि किनबेच भइरहेको आधारमा फार्मेसीको अनुगमन थालिएको हो,’ कट्टेलले भने, ‘तर सटर बन्द गरेर ताला लगाउँदै धेरै सञ्चालक फरार भएका छन् ।’ प्रहरीसँग समन्वय गरेर खोजी गर्दै उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए । 

विराटनगरमा नियमविपरीत सञ्चालन गरिएका पाँचवटा फार्मेसीलाई औषधि किनबेचमा रोक लगाउँदै सोमबार सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले अनुगमन गर्दा लापरबाही र बदमासी गरिरहेको फेला परेपछि फार्मेसी सिल गरिएको हो ।

विभागका विराटनगर प्रमुख कट्टेलले नवीकरणबिनै सञ्चालन गरिएका र अनुमति प्राप्त व्यवसायी नराखेर औषधिका बारेमा जानकारीनै नभएका व्यक्तिका भरमा औषधि बिक्री गर्ने फार्मेसीहरु बन्द गरिएको जानकारी दिए । 

corrent noodles
Metro Mart

अस्पताल फार्मेसी निर्देशिका २०७२ ले अस्पतालभित्र उसको आफ्नो नाममा दर्ता रहेको बाहेक अरु फार्मेसी सञ्चालनमा रोक लगाएको छ । तर आफ्नो नाममा पनि फार्मेसी चलाइरहेको नोबेलले अरु बाहिरका व्यक्तिलाई समेत अस्पतालभित्र निजी फार्मेसी सञ्चालन गर्न दिइरहेको फेला परेको छ । 

तीन दिनभित्र विभागमा आएर नवीकरण गरेमा कोरोना महामारी र बिरामीको चाप अत्यधिक रहेको अवस्थालाई मध्यनजर गर्दै केही समयमा लागि सञ्चालन अनुमति दिन सकिने उनले बताए । अनुगमन टोलीले अनुमति प्राप्त व्यवसायीबिनै बाहिरका मान्छेलाई राखेर औषधि बिक्री गर्ने नोबेल अस्पताल र विराट नर्सिङ होम आसपासमा सञ्चालनमा रहेका फार्मेसी सिल गरेको हो । 

विराटनगरभित्र नियम विपरित सञ्चालन गरिएका सबै फार्मेसीलाई जतिसक्दो कानुनी कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्र पारिएको उनले बताए । 
 

प्रकाशित: Sep 29, 2020| 00:27 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।