काठमाडौं– सरकारले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सोमबार परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले प्रत्येक गोताखोरको १० लाखको बिमा गर्ने निर्णय भएको जानकारी गराएका हुन्।
त्यस्तै भत्ताबापत् काममा खटिएको दिनको तीन सय दिइने पनि उनले जानकारी दिए।
त्यसैगरी आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
भण्डारी यसअघि नार्कमै कार्यकारी निर्देशक थिए।