शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुल्यो 

प्रदेश २ मा प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुल्यो 

प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्नाका लागि अहिलेसम्म स्वीकृति नदिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुला गरेको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

जनकपुरधाम- प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्नाका लागि अहिलेसम्म स्वीकृति नदिएको भन्दै आलोचना भइरहेका बेला प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना लिने बाटो खुला गरेको छ। 

triton college

सोमबार बसेको प्रदेश २ मन्त्रीपरिषद बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको भर्ना लिन स्वीकृति दिने निर्णय गरेसँगै कर्मचारी भर्ना लिने बाटो खुला भएको हो। 

प्रदेश निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न मन्त्रीपरिषदको बैठकले स्वीकृति दिएको हो।  

त्यसैगरी बैठकले लोकसेवा आयोगको ओएण्ड एम पारित गर्नुका साथै लोकसेवाको सचिवमा काम गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया समेत सुरु गरेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 28, 2020| 07:40 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।