शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  •  रेडक्रसले जारी गर्‍यो श्वेतपत्र,  दर्ता नवीकरण र निर्वाचन प्राथमिकतामा

 रेडक्रसले जारी गर्‍यो श्वेतपत्र,  दर्ता नवीकरण र निर्वाचन प्राथमिकतामा

नेपाल रेडक्रस सोसाइटीले संस्थाको समग्र अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गरेको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडाैं- नेपाल रेडक्रस सोसाइटीले संस्थाको समग्र अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गरेको छ। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यसमितिका तर्फबाट अध्यक्ष डा. नेत्र तिम्सिनाले श्वेतपत्र सार्वजनिक गरेका हुन्। 

triton college

तदर्थ समितिले कार्य प्रारम्भ गर्दा विभिन्न समस्याहरू विद्यमान रहेको जानकारी गराउँदै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. तिम्सिनाले दर्ता नवीकरण हुन नसकी संस्थाको वैधानिकतामाथि प्रश्न उठेकोले संस्था नवीकरण पहिलो प्राथमिकतामा राखिएको बताए।

उनले भने, ‘निर्वाचन गराउन पनि कर चुक्ता, समाज कल्याण परिषद्मा कार्यक्रम स्वीकृति, अनुमोदन तथा अनुगमनजस्ता कानुनी, वैधानिक विषय टुंग्याउनुपर्नेछ।’

विश्वका धेरै मुलुकमा जस्तै राष्ट्रिय कानुन बनाई रेडक्रस सञ्चालनका लागि स्पष्ट कानुनी आधार खडा गर्नु संस्थाको दृष्टि भए पनि तत्कालका लागि संस्था दर्ता ऐनको मर्मबमोजिम नै रेडक्रसलाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले बताए।

तदर्थ समितिलाई दिइएको जिम्मेवारीमा कार्यसमिति प्रतिबद्ध रहेको र संस्थाको निर्वाचन कोभिडलगायतका विकसित परिस्थितिमा आधारित हुने उनले बताए। 

corrent noodles
Metro Mart

श्वेतपत्रमार्फत तदर्थ समितिले नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, समाजकल्याण परिषद, सञ्चार जगत, दातृ निकायलगायत अन्य निकायसँगको सम्बन्धलाई थप सुधार बनाइने लगायतका २२ बुँदे प्रतिबद्धता जाहेर गरेको छ।

श्वतेपत्रमा संस्थाको वर्तमान समस्या, सुधारका लागि प्रतिबद्धता  र संस्थाको विद्यमान अवस्थाबारे उल्लेख छ। नेरेसोको वर्तमान सांगठनिक,  प्रशासनिक तथा आर्थिक अवस्था र अन्य स्रोत साधनको प्रयोग, भवन, जग्गा, गोदामघरहरू र  संस्थागत चालु गतिविधिहरूको हालको अवस्थालाई पनि श्वेतपत्रमा चित्रण  गरिएको छ।

रक्तसञ्चार, एम्बुलेन्स, आँखास्याहार लगायत नेपाल रेडक्रसका विशेष सेवा र परियोजनाको अवस्थाका साथै गोदामघर र सामग्रीको अवस्थाबारेमा श्वेतपत्रमा आएको यथार्थ चित्रणले नेपाल रेडक्रसले गर्दै आएका सेवाहरुको महत्व र व्यापकता झल्काउने नेरेसोका निर्देशक दिव्यराज पौडेलले कार्यक्रममा जानकारी दिए।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्षद्वय डा. विश्वकेशर मास्के, शर्मिला कार्की, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा केन्द्रीय कार्यसमितिका सदस्यहरु, नेरेसोका निर्देशक तथा विभागीय प्रमुखहरु र कर्मचारीको उपस्थिति  थियो।

प्रकाशित: Sep 27, 2020| 13:30 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।