शनिबार, वैशाख ८, २०८१

यी पाँच चुनौतीको सामना गरिरहेका बाइडेनको रेटिङमा गिरावट

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता हुने स्थितिबाट नै बाइडेनको अप्रुभल रेटिङ्‌मा गिरावट आएको हो। उनको रेटिङ सत्ता सम्हालेपछि पहिलो पटक नकारात्मक भएको बीबीसीले जनाएको छ।
 |  बिहीबार, असोज ७, २०७८

बीबीसी

बीबीसी

बिहीबार, असोज ७, २०७८

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेलगत्तै विभिन्‍न योजनाहर सार्वजनिक गरे। उनले कोरोना महामारीविरुद्ध लड्ने, प्रभावितलाई राहात, अनुदान र सरकारी सुरक्षालगायतका क्षेत्रका लागि सार्वजनिक गरेका उनका योजनाहरु चौतर्फी तारिफ भएको थियो। 

triton college

ट्रम्प प्रशासनबाट आजित भएका अमेरिकी नागरिक र विश्‍व समुदाय बाइडेनले देखाएको सुरुवाती योजनाले नयाँ उर्जा सञ्‍चार गरेको थियो। तर, पछिल्लो डेढ महिनायता बाइडेनले एकसाथ विभिन्‍न चुनौतीहरुको सामना गर्नु परेको छ। उनका योजनाहरु पनि पूर्ण सफल हुन सकेनन्। 

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता हुने स्थितिबाट नै बाइडेनको अप्रुभल रेटिङ्‌मा गिरावट आएको हो। उनको रेटिङ सत्ता सम्हालेपछि पहिलो पटक नकारात्मक भएको बीबीसीले जनाएको छ। 

बढ्दो महँगी र डेल्टा भेरियन्टका कारण खेप्‍नु परेको समस्याले बाइडेन प्रशासनमाथि प्रश्‍न उठाएको छ। विशेष गरी स्वतन्त्र मतदाताप्रति उनको छविमा असर परेको बताइएको छ। 

कोरोना महामारीका विषयमा बनाएको बाइडेनको योजना संसद्‌बाट पारित भए पनि डेमोक्रेट्स र रिपब्लिकनबीचको तनावका कारण उक्त कानुन लागु हुन सकेको छैन। अहिले बाइडेनका सामने देखिएका विभिन्‍न चुनौतीहरुले उनको कार्यकालको पहिलो वर्ष नै काँडाजस्तै बनेर घोचिरहेका छन्। 

corrent noodles
Metro Mart

के हुन् बाइडेनका चुनौती ? 

'बिल्ड ब्याक बेटर र केयरिङ इकोनमी'

राष्ट्रपति बाइडेनले कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्रलाई सुधार गर्नका लागि केयरिङ इकोनमीको अवधारणा अघि सारेका थिए। उक्त योजना सफल हुन सकेको छैन। त्यसैगरी जी-७ राष्ट्रहरुको बैठकमा अघि सारिएको बिल्ड ब्याक बेटरको अवधारणा पनि अब कसरी अघि बढ्छ भन्‍ने अन्योलता कायमै छ। उनले यी दुबै अवधारणालाई सफल बनाउनुपर्ने चुनौती छ। 

गर्भपतन : एक राजनीतिक मुद्दा 

अमेरिकी अदलातहरुले ६ हप्ताको गर्भपतनमाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन्। त्यसैगरि अबको १५ हप्तामा गर्भपतन गर्न पाउने मिसिसिपी कानुनको मुद्दामा अमेरिकी सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। तर, अमेरिकी संविधानमा सरकारी प्रतिबन्धका बाबजुद महिलाहरुले गर्भपतनको अधिकारलाई सुरक्षित गरिएको छ। महिलावादीहरुले पनि गर्भपतन गर्नु पाउनुपर्ने माग राखेका छन्। यो मुद्दा अहिले राजनीतिक मुद्दा बनेको छ। यसलाई चाँडो सेफ-ल्यान्डिङ गर्न नसकेको अवस्थामा बाइडेनलाई निकै सकस हुने देखिन्छ। 

कोरोना महामारी 

बाइडेनले कोरोना महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्नुपर्ने चुनौती एकातिर छ भने अर्कोतर्फ विश्‍वका विभिन्‍न मुलुकहरुमा पनि महामारी नियन्त्रणको पहल गर्नुपर्छ। यससँगै कोरोनाविरुद्धको खोप, महामारीका कारण थला परेको अर्थतन्त्र उकास्ने, बेरोजगारीलाई घटाउनेलगायतका चुनौती पनि बाइडेनको अघि छन्। विभिन्‍न स्वरुप परिवर्तन गर्दै विभिन्‍न भेरियन्टहरु देखा परिरहेको समयमा यस्तो महामारीविरुद्ध बाइडेन प्रशासनको योजना के हुन्छ भन्‍ने विषयमा अमेरिकीहरुले ध्यान दिइरहेका छन्। 

अफगानिस्तान मामिला 

सुरुवातमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने बाइडेनको घोषणाले उनको रेटिङ बढाएको थियो। तर, वास्तवमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता आइसकेपछि त्यहाँ बनेको अराजक अवस्थाका कारण उनको रेटिङमा फेरि गिरावट आएको हो। अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अमेरिका पराजित भएको बताइएको छ। अफगानिस्तानमा पछिल्लो समय देखिएको अस्थिरता र खराब अवस्थाको जिम्मेवार अमेरिको भएको बताइएको छ। अफगानिस्तान मामिलालाई अमेरिकाले अब कसरी समाधान गर्छ भन्‍ने चुनौती पनि बाइडेनका सामु छ। 

राजनीतिक सम्बन्धमा देखिएको खिचातानी 

जो बाइडे अमेरिकाको आन्तरिक समस्यामा मात्र नभई बाह्य मुलुकसँगको सम्बन्धका कारण पनि समस्यामा परेका छन्। पछिल्लो समय बेलायत र अस्ट्रेलियासँग गरिएको ओकस सम्झौता बाइडेनका लागि टाउनको दुखाइको विषय बनेको छ। यस सम्झौताले फ्रान्स र चीनलाई चिढ्याएको छ। युरोपेली संघले अमेरिका फर्स्ट नीतिमा बाइडेनले परिवर्तन ल्याउने अपेक्षा गरेको थियो। तर, उक्त अपेक्षाविपरीत बाइडेनले सोही नीतिलाई प्राथमिकता दिएका छन्। जलवायु समस्या पनि पछिल्लो समय मुख्य चुनौती बनेर देखा परेको छ। हिन्द प्रशान्त क्षेत्रको सुरक्षा र दक्षिण चीन सागरको विवादमा पनि बाइडेन आलोचित बनेका छन्।

प्रकाशित: Sep 23, 2021| 21:50 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।