शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ : बाढीपहिराेले सडक अवरुद्ध, तटीय क्षेत्रका बस्ती जोखिममा  

प्रदेश ५ : बाढीपहिराेले सडक अवरुद्ध, तटीय क्षेत्रका बस्ती जोखिममा  

गत दुई दिनदेखि परेको अबिरल बर्षाका कारण प्रदेश ५ का पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीका कारण भौतिक नोक्सानी भएको छ।  पाल्पाको पहाडी क्षेत्रमा परेको अबिरल बर्षाले तिनाउ नदीको सतह अत्याधिक बढेको छ।  
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

भैरहवा–  दुई दिनदेखि परेको अविरल वर्षाका कारण प्रदेश ५ का पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीले ठूलाे क्षति पुर्याएकाे छ। बाढीले अन्नपात, लत्ताकपडा र चौपाया बगाएकाे छ। नदी किनारका घर बगेका छन्  भने बस्तीका घर डुबानमा परेका छन्।  

triton college

तिनाउ नदीमा पानीकाे सतह अत्यधिक बढेपछि तटीय क्षेत्रका रानीगन्ज, बुद्धनगर, मजुवा क्षेत्रका बस्ती सुरक्षित स्थानमा सार्ने  तयारी थालिएको प्रशासनले जनाएकाे छ। 

मर्चवारको भर्थापुर, लम्तिया क्षेत्र डुबानमा परेकाे छ भने रोहिणी तटीय क्षेत्र कटानमा परेको छ। बाढीपहिराेले ठाउँठाउँमा सडक अवरुद्ध भएका कारण यातायातका साधन चल्न सकेका छैनन्।

 कहाँकहाँ अवरुद्ध छ सडक ?

प्रहरीले बाढीपहिरोको जोखिम बढेकाले सकेसम्म यात्रा नगर्न अनुरोध गरेकाे छ। बुटवल-पाल्पा सडक खण्डकाे सिद्धबाबा क्षेत्र, झुम्सा, केराबारी लगायतका ठाउँमा पहिरो गएको छ। 

corrent noodles
Metro Mart

सडकमा ठूलाठूला ढुंगा खसेकाले  यात्री हिँड्न नमिल्ने भएको छ।  पैदल आवागमन सहज गराउन  आज दिनभर लाग्ने ५ नम्बर प्रदेश ट्राफिक कार्यलयका प्रवक्ता डिल्लीनारयण पाण्डेले बताए। 

पहिरोले दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ। गुल्मीको बामी-रिडी-रुद्रबेनी सडकखण्ड पनि अवरुद्ध छ। यस्तै रोल्पा, प्यूठान, रुकुमका ग्रामीण सडक अवरुद्ध भएका छन्। 

रुपन्देहीमा बढी असर 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्कबहादुर  खत्रीका अनुसार  मायादेवी गाउँपालिकामा तिनाउ नदीले ठूलो क्षति पुर्याएको छ। मायादेवी- ६ का विष्णु यादवको एक तले घर र रुद्र कोइरीको एक तले कच्ची घर बगाएको छ। 

यसैगरी वीरेन्द्र शाहको मिलमा क्षति पुगेकाे छ भने अजय यादवको पसल बगाइदिएको छ। बुटवल उपमहानगरपालिका १७ मा उमेश हरिजन र पुरुषोत्तम पुरीको ब्लकको घर बगाएको छ। 

बाढीले बुटवल ४ लक्ष्मीनगरमा भूमिकला सुवेदीका ५ वटा बाख्रासहित गोठ बगाएको छ। यसैगरी घरमा पार्किङ गरेर राखेको लु १० प ९३९ नम्बरको मोटरसाइकल र लु ३१ प्य ८७१० नम्बरको दीपक बलामीको स्कुटी पनि बगाएको छ।

एक व्यक्ति मृत फेला

तिलोत्तमा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २९ का राजेन्द्र पौडेलकाे तपाहा कुलो नजिकै शव  भेटिएकाे छ। रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० बढी घर डुबानमा परेका छन्। 

रोहिणी गाउँपालिका ५, पिपरहवामा १८ घर डुवानमा परेका छन्। गोठहरु भत्किएका छन् भने खाद्यान्न, लत्ताकपडा, केही चौपाया पनि बगेको स्थानीयले जनाएका छन्।  पाक्ने बेलाको धानबालीमा पनि ठूलो क्षति पुगेको छ। 

पिपहरियामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेका छन्। मानवीय क्षति भने नभएको ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवटले जानकारी दिए।  नदीमा बहाव उच्च हुँदा राति ३ बजे बस्तीमा बाढी पसेको थियो।   

रोहिणी आसपास बढी डुबान

रोहिणी नदीले आसपासको बस्तीमा ठूलो क्षति पुर्याएको स्थानीय गंगा विसुन यादवले बताए। उनले भने, ‘पूरै गाउँ डुबानमा छ अझैसम्म कोही उद्धारमा आएको छैन । मान्छे त भागेर माथि सुरक्षित स्थानमा आए तर घरका समानहरु सबै बगायो।’

भीषण वर्षा हुँदा रोहिणीसहित, तिलोत्तमा, ओमसतिया, मर्चवार, मायादेवी, देवदह, लुम्बिनी सांस्कृतिक, बुटवल उपमहानगरपालिकाका बस्तीहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका १३ मा स्थानीय बलिराम हरिजनको खरले छाएको कच्ची घर भत्किँदा उनकी श्रीमती कुसुमको दाहिने खुट्टा भाँच्चिएको छ। 

लुम्बिनीकै वडा नम्बर १२ मा ४ वटा घरका पर्खाल भत्किएका छन्। तिलोत्तमा नगरपालिका ८ सातकुला नहरले ४५ वर्षीय ठाकुरप्रसाद थारुको ब्लक र जस्ताले बनेको एक तले कच्ची घर भत्काएको छ।

तिलोत्तमा गणेशनगरमा सुखौरा खोलाको बहाव बढेर गणेशनगरका धनबहादुर सार्की, रघुवीर दमाई, मेनबहादुर रुचालको टिनले छाएको कच्ची घर बगाएको छ।

तिलोत्तमा १० मा रहेको पूर्णबहादुर गुरुङको कुखुराको खोरमा बाढी पस्दा रहेका ४ हजार कुखुरा मरेका छन्। 

खोरमा काम गर्ने ५ जना बाढीमा फसेपछि उनीहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा., रुपन्देहीका प्रमुख एसपी तेज पाेखरेलले जानकारी दिए। 
 

प्रकाशित: Sep 26, 2020| 07:23 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।