चितवन– भरतपुर महानगरपालिका १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आईरहेको ना ५ ख १३६४ नम्बरको ट्रकले ना ६४ प ८३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भिर घाइते भएका थिए।
गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० बजे मृत्यु भएको हो।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्। दुर्घटना शुक्रबार राति ९ः५० बजे भएको हो।