शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नाम्खा सीमाबारेकाे अध्ययन विवरण तत्काल सार्वजनिक गर्न कांग्रेसकाे माग 

नाम्खा सीमाबारेकाे अध्ययन विवरण तत्काल सार्वजनिक गर्न कांग्रेसकाे माग 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको नाम्खा  सीमाबारे वास्तविकता रहस्यमा नराख्न सरकारसँग माग गरेको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको नाम्खा  सीमाबारे वास्तविकता रहस्यमा नराख्न सरकारसँग माग गरेको छ। 

triton college

चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोलीको विवरण सार्वजनिक नगरिएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हुम्लाको सदरमुकाम सिमिकोट फर्किएको २४ घण्टा पुग्दै गर्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएको प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।’ 

नाम्खामा चिनियाँ पक्षबाट नेपाली भूमि मिचिएको विषयमा अनुगमन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गरेको थियो।

विज्ञप्तिमा भनिएको छ,  ‘सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणालाई हामीले स्थलगत अध्ययन विवरणको प्रतीक्ष नगरी सार्वजनिक गरिएको हतारको टिप्पणीका रुपमा लिएका थियौं। स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्केपछि वास्तविकता बाहिर आउने हुँदा धैर्यको अपेक्षा र अपिल पनि हामीले गरेका थियौं।’ 

corrent noodles
Metro Mart

स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ परराष्ट्र मन्त्रालयको हतारको  टिप्पणी, सहायक प्रजिअलाई स्पष्टीकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरणसमेत सार्वजनिक गर्न गरिएको ढिलाइले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको छ।’

कांग्रेसले नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको जनाएको छ।

कांग्रेसले भनेको छ, ‘घवास्तविक विवरण अविलम्ब सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न सरकारसँग माग गर्दछौं।’

प्रकाशित: Sep 25, 2020| 14:11 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।