काठमाडौं– दक्षिण भारतीय तथा हिन्दी फिल्मका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको मृत्यु भएको छ।
बीबीसीका अनुसार ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईस्थित एक अस्पतालमा मृत्यु भएको हो।
सन् १९८० को दशकदेखि गाउन थालेका सुब्रमण्यमले १९८१ मा पहिलोपटक हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा गाएका थिए। यो गीतबाट उनले नेशनल अवार्ड जितेका थिए।
विश्वमा सबैभन्दा बढी गीत गाएको गिनिज वर्ल्ड रेकर्ड पनि उनकै नाममा छ। उनले करिब ४० हजार गीत गाएको बताइन्छ।