शुक्रबार, वैशाख १४, २०८१

‘चानचुन पैसा’ लिएर आए सन्तोष

कलाकार सन्तोष बानिया भने फरकधारको गीतसहित बजारमा आएका छन्।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं- दशैँ नजिकिँदै गर्दा बजारमा दशैँसम्बन्धी गीत आउने क्रम बढ्दो छ। तर यही बीचका कलाकार सन्तोष बानिया भने फरकधारको गीतसहित बजारमा आएका छन्।

triton college

प्रताप दास र मेलिना राईको स्वरमा रहेको ‘चानचुन पैसा’ मा सन्तोष फिचरिङ भएका छन्। उनको साथमा चर्चित कलाकार आकाश श्रेष्ठ र पूजा शर्मा छन्। त्यस्तै गीता ढुंगाना सन्तोषको जोडीका रुपमा उपस्थित छन्।

एसथ्रीके इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट बुधबार सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन्।

गीतमा प्रलाद शाहको शब्द र सुबाश भुसालको संगीत छ भने पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका छन्।

शिशिर श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन नबराज उप्रेतीले गरेका छन्।

corrent noodles
Metro Mart

 

प्रकाशित: Sep 24, 2020| 11:40 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्