शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल गर्दै ओली र दाहाल

मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल गर्दै ओली र दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ। 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ। 

triton college

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि दुई अध्यक्षबीच छलफल भइरहेको छ। मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिका बारेमा छलफल गर्न अध्यक्षद्वयबीच भेट भएको हो।

आइतबार र मंगलबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिका बारेमा टुंगोमा पुग्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारी गरिरहेका बेला अर्का अध्यक्षसँग छलफलमा जुटेका हुन्। उनीहरुबीच सोमबार पनि छलफल भएको थियो। 

सचिवालयका अन्य नेताहरुले पनि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा आ–आफ्नो धारणा बैठकमा राखिसकेका छन्। २६ भदौमा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले पनि मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा निर्णय गरेको थियो। आवश्यक मापदण्ड बनाएर पुनर्गठन गर्ने नेकपाले निर्णय गरे पनि कस्तो मापदण्डका आधारमा गर्ने भन्ने सार्वजनिक गरिसकेको छैन। 

corrent noodles
Metro Mart

स्रोतका अनुसार नेताहरुबीच यस विषयमा सहमति भइसकेको छ। आइतबार र मंगलबारको सचिवालय बैठकमा नेताहरुले दुई वर्षे अवधि गुजारेकालाई बिदा दिने, अहिलेसम्म अवसर नपाएकाहरुलाई स्थान दिने लगायतका विभिन्न विकल्पमा छलफल गरिसकेका छन्।  

मन्त्रिपरिषद्मा अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहकारी विकास मन्त्रालय खाली छन्। ती तीनवटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नुका साथै अन्यलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीले अर्का अध्यक्ष दाहाल र नेताहरुसँग छलफल गरिसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

प्रकाशित: Sep 24, 2020| 06:41 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।