काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आगामी ९ तारिखबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) नेखेल्ने भएका छन्।
तेस्रो संस्करणको ईपीएलको फ्रेन्चाइज टिम ललितपुर प्याट्रिओट्सको कप्तानी गरेका मल्लले व्यक्तिगत कारण देखाउँदै यो वर्षको लिग नखेल्ने भएका हुन्।
‘केहि व्यक्तित कारणले मैले ईपीएल गुमाउने भएको छु। मलाई लाग्छ मेरो अनुपस्थितिले टिममा कुनै परिवर्तन हुनेछैन,’ ज्ञानेन्द्रले भनेका छन्, ‘ललितपुको टिमको हिस्सा हुन पाउँदा खुसी छु। र, टिमले राम्रो गरोस् भन्ने सुभकामना दिन चाहन्छु।’
उनले आउँदो प्रतियोगितमा आफूले सय प्रतिसत दिन नसक्ने भन्दै आफ्नो नाम फिर्ता लिएको क्लबले जनाएको छ। यता भर्खरै मात्र अन्तर्राष्टिय क्रिकेटबाट सन्यास लिएका पारख खड्काले घरेलु क्रिकेट खेल्ने इच्छा रहेको बताए पनि उनले ईपीएल नखेल्ने बताइसकेका छन्।
ईपीएल असोज ९ देखि २२ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ।
ललिपुर प्याट्रिओट्सको टिम
सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रशिद खान, शंकर राना, योगेन्दर सिंह कार्की, कुशल भुर्तेल, नारायन जोशी, ललित राजवंशी, आरियाद पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज साह, हजमतुल्लाह आमरजाई, ओशादा फ्रेनन्दो, शान्दुम विककोडी र मिक्यो दोर्जी ।