मंगलबार, वैशाख ११, २०८१

यी खोलामा आउन सक्छ ठूलो बाढी, कुन जिल्ला कति प्रभावित ?

आज तिनाउ, पश्चिम राप्ती, बबई, कालीगण्डकीमा पानीको बहाव उच्च हुने महाशाखाले जनाएको छ । यी बाहेक अन्य ठूला तथा साना खोलाहरुमा पनि बाढीको जोखिम उच्च बनेको छ ।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- मंगलबारदेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न खोलामा बाढीको जोखिम बढेको छ । 

triton college

बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन सबै नदीमा पानीको बहाब बढ्ने छ भने खहरे खोलाहरुमा ठूलो बाढी आउन सक्नेछ । आज तिनाउ, पश्चिम राप्ती, बबई, कालीगण्डकीमा पानीको बहाव उच्च हुने महाशाखाले जनाएको छ । 

यी बाहेक अन्य ठूला तथा साना खोलाहरुमा पनि बाढीको जोखिम उच्च बनेको छ । अधिकांश नदीहरुमा भोलि सतर्कताको स्तरमा र पर्सि (शुक्रबार) खतराको स्तरमा पुग्न सक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

तटिय क्षेत्रमा अतिउच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार लगातार भइरहेको वर्षाका कारण प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा उदयपुर र भोजपुर प्रभावित हुने भएको छ । 

corrent noodles
Metro Mart

प्रदेश २ को सबै जिल्ला, बाग्मति प्रदेशको दोलखा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौं उपत्यका पनि प्रभावित हुने भएको छ । 

गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी र बाग्लुङ बढी प्रभावित हुने देखिएको छ भने प्रदेश ५को पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम, प्युठान र दाङ वर्षाका कारण प्रभावित हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

कर्णाली र सुदुरपश्चिका जिल्लाहरु भने कम प्रभावित हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । 


 

प्रकाशित: Sep 23, 2020| 02:45 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।