बुधबार, वैशाख १२, २०८१

एलपी ग्यासको मूल्य पसलैपिच्छे फरक फरक

जिल्लामा एलपी ग्यासको मूल्य पसलैपिच्छे फरक फरक लिने गरेको पाइएको छ ।
 |  आइतबार, असोज ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०७७

डोटी–जिल्लामा एलपी ग्यासको मूल्य पसलैपिच्छे फरक फरक लिने गरेको पाइएको छ ।

triton college

यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो छ ।

पसलैपिच्छे ग्यासको फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरू मारमा परेका छन।

जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिएर बिक्री गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका २ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए।

उनले भने, ‘डिलर, सबडिलरमै ग्यासको मूल्य फरक छ। त्यसको मार हामीलाई परेको छ, कसले मर्का बुझ्ने?’

corrent noodles
Metro Mart

जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले एक हजार तीन सय १३ रुपैयाँ ७५ पैसामा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ ।

यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास एक हजार चार सय ५० लिने तथा फुटकरमा एक हजार पाँच सय लिने गरेका छन ।

त्यही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा एक हजार ६ सय सम्म तिर्नुपर्ने दिपायल सिलगढी नगरपालिका ४ पिपल्लाका स्थानीय हरि विकले बताए।

उनले भने, ‘ग्यास कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखाएका छैनन् ।’

ग्यास विक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा चासो लिने नगरेको स्थानीय उपभोक्ताको गुनासो छ ।

दिपायल पिपल्लामा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले एक हजार तीन सय १३ रुपैयाँ ७५ पैसामा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जोडेर ग्यास बेच्ने गरेको बताए।

उनले भने, ‘कम्पनीले लोड, अनलोड तथा भ्याटको रकम नजोडेर बिल पठाएको हुन्छ, पछि सो रकम अलग बिलमा जोडेर दिएको हुन्छ, अनि हामीले उक्त रकम जोड्दा बढी आउने भएकाले बढी रकम लिएका हौं, गलत मूल्य लिएका छैनौँ ।’

डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा एक हजार चार सय ५० हुने गरेकाले फुटकर बेच्दा एक हजार पाँच सय लिने गरेको उनले बताए।

थोकमा किन्दा एक हजार चार सय ५५ सम्म लिने गरेको डिलर व्यापारी खड्काले स्वीकारे।

पिपल्लामा रहेका ग्यास बिक्री गर्ने सबडिलर अवस्थी तथा बोहरा पसलमा सोही ग्यासको एक हजार ६ सय पर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ ।

कैलालीका ग्यास डिलरबाट ग्यास ल्याउने गरेका कारण भाडालगायत लोड, अनलोड तथा पसलको भाडा मिलाएर एक हजार ६ सय लिने गरेको पसल सञ्चालकहरुले स्वीकार गरेका छन।

जिल्लामा यसरी ग्यासको मूल्य पसलैपिच्छे फरक पाइने गरेको छ।

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारवाही गरिने बताए।

भने, ‘ग्यासमा सरकारले तोकेको रकमभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन, यसरी पसलैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारवाही गछर्नैँ ।’
रासस

प्रकाशित: Sep 20, 2020| 02:17 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।