शुक्रबार, वैशाख १४, २०८१

सत्तासुख भोगिरहेका मन्त्री उत्रिए संविधानको विरोधमा

पाँच वर्षअघि राष्ट्रिय जनता पार्टीका रुपमा विरोध जनाउन थालेका दलका नेताहरु यसपल्ट जनता समाजवादीका तर्फबाट सडकमा उत्रिएका हुन्।
 |  शनिबार, असोज ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०७७

जनकपुरधाम- संविधानअनुसार चुनाव लड्छन्। सांसद र मन्त्री पदमा पुग्छन्। पाएसम्म राज्यको सुविधा उपभोग गर्छन्।
त्यही संविधानमा टेकेर दल फुटाउँछन् र जुटाउँछन् पनि।

triton college

संविधान दिवसका दिन भने स्थानीय तहका निर्वाचित प्रतिनिधि, सांसद र मन्त्रीसमेत सडकमा उत्रिएर विरोध जनाउँछन्।

मधेसी दलले यसपल्ट पनि संविधानको विरोध गदै असोज ३ गतेलाई कालो दिनका रुपमा मनाएका छन्। मेधसी दलले विगत पाँच वर्षदेखि नै संविधान दिवसको विरोध गर्दै आएका छन्।

पाँच वर्षअघि राष्ट्रिय जनता पार्टीका रुपमा विरोध जनाउन थालेका दलका नेताहरु यसपल्ट जनता समाजवादीका तर्फबाट सडकमा उत्रिएका हुन्।

जसपाले जनकपुरधाममा निकालेको विरोध र्यालीको नेतृत्व प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका थिए। र्यालीमा जसपाका संघीय सांसद उमाशंकर अरगरिया, प्रदेशसभा सदस्य रामअशिष यादव, परमेश्वर साहलगायत थिए।

corrent noodles
Metro Mart

र्यालीले जनकपुर परिक्रमा गरेको थियो। र्यालीका सहभागीहले विभेदपूर्ण संविधानले मधेसी जनताको अधिकार संरक्षण नगरेको आरोप लगाएका थिए।

सरकारले मधेसका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न अस्वीकार गरिरहेको उनीहरुको भनाइ थियो।

जनता समाजवादी पार्टीले साँझ साढे ६ बजेदेखि पौने सात बजेसम्म १५ मिनेट ब्लाक आउट गर्न आह्वान गरेको थियो।

युवाले मनाए संविधान दिवस

संविधान दिवसका अवसरमा जनता समाजवादी पार्टी नेपालका युवाले जनकपुरमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रम।

मधेसी दल सम्बद्ध एक समूहले पहिलोपटक संविधान दिवस दीप प्रज्वलन गरी मनाएका छन्। उनीहरुले कालो दिवसको विरोध गर्दै संविधान दिवस मनाएका हुन्।

जनता समाजवादी पार्टी नेपालका युवा नेतासमेत रहेका सुशील कर्णको अगुवाइमा दीप प्रज्वलन गरिएको हो।

नेता कर्णले प्रदेश २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरुद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए।

उनले भने, 'संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ।'

संविधान जलाउनेमाथि प्रहरीको लाठीचार्ज

धनुषाको सबैलामा केही स्थानीयले संविधान दिवसको बिरोध गर्दै संविधान जनाउनै लाग्दा प्रहरीले लाठी चार्ज गरेको छ।

इलाका प्रहरी कार्यालयको थुनामा केही महिनाअघि ज्यान गुमाएका शम्भु सदाको आमाको नेतृत्वमा स्थानीयले संविधान जलाउन खोजेपछि प्रहरीले लाठी चार्ज गरेको स्थानीय शम्भु पण्डितले बताए।

संविधान जलाउनेलाई रोक्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको सबैला प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए।

प्रकाशित: Sep 19, 2020| 15:19 शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।