शुक्रबार, वैशाख ७, २०८१

क्यानडामा भारतीय मूलका १७ नेताले जिते चुनाव

क्यानडाको संसदमा यस पटक भारतीय मूलका १७ नेता पुगेका छन्।
 |  बिहीबार, असोज ७, २०७८

रोयटर्स

रोयटर्स

बिहीबार, असोज ७, २०७८

काठमाडौं– क्यानडाको संसदमा यस पटक भारतीय मूलका १७ नेता पुगेका छन्। यसमा जगमित सिंहका साथै  वर्तमान सरकारका रक्षामन्त्री रहेका हरजित सिंह सज्जन पनि छन्। सिंह भारतीय मूलका पहिलो क्यानडेली रक्षामन्त्री हुन्।

triton college

निर्वाचनमा अल्पमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टी र कन्जरभेटिभ पार्टीबीच मुख्य प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा ४९ वर्षीय जस्टिन ट्रूडोको दलले १ सय ५६ स्थानमा जित हासिल गरेको छ। 

प्रधानमन्त्रीको दल जस्टिन ट्रूडोलाई बधाई दिँदै जगमित सिंहले जनताको हितमा लडाइ जारी राख्ने बताएका छन्। ‘धनी मानिसले सही योगदान दिऊन्। हामी सामान्य मान्छेलाई देखिसकेका छौं। र, उनीहरूका लागि लड्ने छौं’, उनले भनेका छन्।

२०१७ मा जगमीत सिंहले भारतीय मूलबाट क्यानडामा कुनै केन्द्रीय पार्टीको नेता भएर इतिहास रहेका थिए।

लिबरल पार्टीकी अनिता आन्दले ४६ प्रतिशत मतका साथ ओकविलबाट चुनाव जितेकी छन्। उनी खोप मन्त्री हुन्। उनले कोरोना महामारीमा अहम भूमिका निर्वाह गरेकी थिइन्।

corrent noodles
Metro Mart

चुनाव जित्नेमा भारतीय मूलका अन्य नेतामा लिबरल पार्टीबाट कमल खेडा, रुबी सहोता, सोनिया सिद्‍धू, मन्दिर सिद्‍धू र सुख धालीवाल छन्। जार्ज चहल आरिफ बिरानी, रणदीप सराय, अन्जु ढिल्लो, चन्द्र आर्य र पहिलो पटक मैदानमा उत्रिएका इकविन्दर गहिरले पनि लिबरल पार्टीबाट चुनाव जितेका छन्।

कन्जर्भेटिभ पार्टीबाट टिम उप्पल र जसरास सिंहले आफ्नो सिट बचाएका छन्। क्यानडामा भारतीय मूलका लगभग १६ लाख मानिसको बसोबास छ। 

प्रकाशित: Sep 23, 2021| 12:08 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।