बुधबार, वैशाख १२, २०८१

राज्य प्रश्नबाट भाग्दै छ : कांग्रेस प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राज्य प्रश्नबाट भागेका कारण लोकतान्त्रिक संस्कृतिको विकास हुन नसकेको बताएका छन्।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राज्य प्रश्नबाट भागेका कारण लोकतान्त्रिक संस्कृतिको विकास हुन नसकेको बताएका छन्।

triton college

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल त्रिवि एकाइले शुक्रबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘राज्य प्रश्नबाट भाग्दै छ। प्रधानमन्त्रीजीलाई प्रश्न गर्दा कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिन्छन्। मन्त्रीलाई प्रश्न सोध्दा पत्रकारको जागिर गएको छ।’

प्रवक्ता शर्माले शासकहरू आफ्ना कमजोरी लुकाइरहन सक्रिय रहेको बताए।

उनले अहिले नेकपाले जिते प्रतिनिधिसभा हारे राष्ट्रियसभा भन्ने भन्ने गलत नारा कार्यान्वयन गरेर राजनीतिक कुसंस्कार भित्र्याएको भन्दै त्यसको आलोचना गरे। यस्ता राजनीतिक कुसंस्कार अन्त्य गर्न प्राज्ञिक क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

मुलुकको राजनीतिक आन्दोलन, परिवर्तन, आर्थिक र कूटनीतिक क्षेत्रमा विश्वविद्यालयबाट गहन अध्ययन र समीक्षा हुन नसकेको उनको भनाइ छ।

corrent noodles
Metro Mart

राजनीतिक संस्कृतिबारे छलफल थालेर प्राध्यापकहरुले नयाँ अभियान थालेको भन्दै उनले प्रशंसा गरे।  उनले प्राध्यापकहरुले यस्ता सुसंस्कृत राजनीतिक प्रणाली स्थापनाका लागि यस्ता बहसलाई निरन्तरता दिन आग्रह गरे।

उनले कांग्रेसलाई रुपान्तरण गर्न पनि जसको हातमा जे जिम्मेवारी छ, त्यो जिम्मेवारी पूरा गरेमा लोकतान्त्रिक संस्कार स्थापित हुने बताए।

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत तिमिल्सिनाले पार्टी र भ्रातृसंगठन संस्थागत रुपमा सञ्चालन हुन नसक्दा समस्या उत्पन्न भइरहेको बताए।

उनले निर्वाचित नेतृत्वलाई कार्यकालभरि काम गर्न दिने संस्कृतिको विकास हुन नसकेको बताए। उनले भने, ‘यसले भविष्यमा दुर्घटना निम्तिन सक्छ।’ नेताकार्यकर्ता अनुशासनमा नहुनु अर्को चुनौती रहेको उनको भनाइ छ।

अध्यक्ष तिमिल्सिानले संगठनप्रति उत्साह, लगाव र त्याग मरेर गएको भन्दै चिन्ता व्यक्त गरे। उनले पार्टीमा पनि अध्ययनअनुसन्धान शून्य अवस्थामा रहेको बताए।

अध्यक्ष तिमिल्सिनाले शैक्षिक क्षेत्रमा भएका चरम राजनीतिको विरोधमा प्रपासंघ सक्रिय रहेजस्तै अन्य पेसागत संगठन अगाडि बढ्ने हो भने नेताहरु पनि सजग हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यावारिधि शोधार्थी भीमनाथ बरालले राजनीतिक संस्कृतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसमाथि वरिष्ठ अनुसन्धानविद् प्रा.डा. पञ्चनारायण महर्जनले समीक्षा गरेका थिए भने सहप्राध्यापक डा. ईश्वरीप्रसाद कँडेलले टिप्पणी गरेका थिए। 

प्रकाशित: Sep 18, 2020| 13:59 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।