काठमाडौं- नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी समाजवादीले पार्टीले पदाधिकारीको नाम टुंगो लगाएको हो।
नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा. बेदुराम भुसाल, उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन्।
सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन भएको एकीकृत समाजवादीले जनाएको छ। पार्टीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल रहेका छन्।