शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बार्सिलोनामा मेस्सीको कमब्याक: मैत्रीपूर्ण खेलमा दुई गोल

बार्सिलोनामा मेस्सीको कमब्याक: मैत्रीपूर्ण खेलमा दुई गोल

नयाँ सिजन अघिको मैत्रीपूर्ण खेलमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सानदार कमब्याक गरेका छन् ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं– नयाँ सिजन अघिको मैत्रीपूर्ण खेलमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सानदार कमब्याक गरेका छन् । जिरोनाविरुद्ध गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा मेस्सीले दुई गोल गरे ।

triton college

स्पेनिस ला लिगा छोडेर प्रिमियर क्लब म्यानचेस्टर सिटी जान लविङ सुरु गरिसकेका मेस्सीलाई बार्सिलोना बोर्डले ट्रान्सफर नदिएपछि उनी क्याटलान क्लबमै छन् ।

पहिलो मैत्रीपूर्ण खेलमा गोल गर्न नसकेका मेस्सीले दोस्रो खेलमा गोल गर्दै सानदार कमब्याक गरे । जितका लागि मेस्सीसहित ब्रालिजिलियन फरवार्ड फिलिप काउटिन्होले पनि एक गोल गरे ।

बार्सिलोनाले ३–१ गोलअन्तरले जित निकालको खेलमा २१ औं मिनेटमा गोल गर्दै काउटिन्होले सुरुवाती अग्रता बनाए । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा पनि बार्सिलोनाले एक गोल थप्यो । तर त्यसअघि नै ४६औं मिनेटमा जिरोनाका सामुएल सैजले सान्त्वना गोल गरे ।

corrent noodles
Metro Mart

त्यसलगत्तै, ५१औं मिनेटमा मेस्सीले दोस्रो गोल गरेपछि क्याटलान क्लब ३–१ गोलले अघि रह्यो ।

बार्सिलोनले जारी सिजनको ला लिगामा खेल सुरु गरेको छैन । उसको पहिलो खेल सेम्टेम्बर २७ मा भिल्लारियलसँग खेल्नेछ ।

च्याम्पियन्स लिगमा क्वार्टरफाइनलसम्मका यात्रा तय गरेका कारण एक महिना सिजनको ग्याप रहनुपर्ने भएकाले बार्सिलोना ला लिगामा ढिलो समभागी भएको हो ।

प्रकाशित: Sep 17, 2020| 07:33 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।