काठमाडौं– भारतले नेपाललाई कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर प्रदान गरेको छ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज दुई हजार थान रेम्डेसिभर हस्तान्तरण गरेका हुन्।
मन्त्री ज्ञवालीले रेम्डेसिभिर उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिंदै भने, ‘आफैं कोरोना महामारीसँग जुधिरहेको बेला सहयोग गर्नुले दुई देशबीचको भरपर्दो र मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बताएको छ।’
राजदूत क्वात्राले दुई देशको साझेदारी र सहयोगको निरन्तरता भएको बताए।