शनिबार, वैशाख ८, २०८१

पौडेलसँग झोक्किँदै देउवा बैठक छोडेर हिँड्न खोजेपछि...

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पदाधिकारी बैठकमा दुई नेताबीच नोकझोक भएको हो।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नोकझोक भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार भएको पदाधिकारी बैठकमा दुई नेताबीच नोकझोक भएको हो। 

triton college

प्रधानमन्त्रीसमेत रहेका देउवाले परराष्ट्रमन्त्रीमा पार्टीभित्र सल्लाह नै नगरी डा. नारायण खड्कालाई नियुक्त गरेको भन्दै पौडेल असन्तुष्ट थिए। बैठकमा उनले यसबारेमा देउवासँग जवाफ मागे। पौडेलले जवाफ मागेलगत्तै देउवा झोक्किएका थिए। ‘रामचन्द्र दाइले मन्त्री नियुक्ति गर्दा किन सल्लाह नगरेको भनेर जवाफ माग्नुभएको थियो। लगत्तै शेरबहादुर दाइ झोक्किनुभयो र बैठक छोडेर हिँड्न खोज्नुभएको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर, शेरबहादुर दाइलाई थामथुम पारेर राखियो। केही छिन बसेर सत्ता गठबन्धनको बैठकमा भाग लिने भन्दै उहाँ निस्कनुभयो।’ 

पालिका अधिवेशन बाहेकका अधिवेशन दसैंपछि मात्र 

बैठकले वडा र पालिका अधिवेशन बाहेकका अधिवेशन दसैं पछिलाई सार्ने निर्णय गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार ९ गतेसम्म वडा अधिवेशन सकेर दसैंअघि पालिका अधिवेशन गर्ने सहमति बैठकले जुटाएको छ। दसैंअघिलाई तोकिएका प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन दसैंपछि मात्रै गर्ने सहमति जुटेको पौडेलले बताए।

वडा अधिवेशन सकिएपछि मात्रै पालिका अधिवेशन गर्नुपर्ने पौडेल समूहको अडान

corrent noodles
Metro Mart

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहले सबै जिल्लामा वडा तहको अधिवेशन सकिएपछि मात्रै पालिका अधिवेशन गर्नुपर्ने माग अघि सारेको छ। 

बुधबार महामन्त्री डा। शशांक कोइराला निवास महाराजगञ्‍जमा बसेको पौडेल समूहको बैठकले वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशन सकिएपछि एकैसाथ पालिका अधिवेशन गर्नुपर्ने माग गरेको हो। 

‘सबै जिल्लामा वडा अधिवेशन सकिएपछि मात्रै देशभर एकै साथ पालिका अधिवेशन गर्नुपर्ने निष्कर्ष हामीले निकालेका छौं,’ केन्द्रीय सदस्य बलबहादुर केसीले भने। 

पौडेल समूहको यस्तो निष्कर्षपछि असोज ९ गतेका लागि निर्धारण गरिएको पालिका अधिवेशन अन्योलमा परेको छ। 

पौडेल समूहले पार्टी भित्र छलफल नै नगरी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा। नारायण खड्कालाई नियुक्त गरेकोप्रति असन्तुष्टि जनाएको छ।

प्रकाशित: Sep 22, 2021| 18:09 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...