बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आन्तरिक पर्यटन चलायमान बनाउन हप्तामा दुई दिन बिदाको प्रस्ताव

आन्तरिक पर्यटन चलायमान बनाउन हप्तामा दुई दिन बिदाको प्रस्ताव

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीका कारण पर्यटन व्यवसाय समस्यामा परेकोले आन्तरिक पर्यटनलाई बढावा दिई पर्यटन व्यवसायलाई चलायमान बनाउन यस्तो योजना ल्याएको हो।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव पर्यटन मन्त्रालयले ल्याएकाे छ।

triton college

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीका कारण पर्यटन व्यवसाय समस्यामा परेकोले आन्तरिक पर्यटनलाई बढावा दिई पर्यटन व्यवसायलाई चलायमान बनाउन यस्तो योजना ल्याएको हो।

कम्तीमा दुई वर्ष हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रालयको छ। पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटकीय गतिविधि बढाउनका लागि हप्तामा दुई दिन विदा दिनु उपयुक्त भएको बताए।

सेजनले आज आयोजना गरेको कार्यक्रममा उनले भने, “मैले कम्तीमा दुई वर्ष हप्तामा दुई दिन विदा दिन सिफारिस गरेको छु। मानिसहरुलाई घुम्नका लागि समय पुगेको छैन। शुक्रबार कतै गएर शनिबार घुमेर आइतबार फर्कन्छ भने सोमबारदेखि काम सुरु गर्दा मानिस फ्रेस भएर नयाँ नयाँ इनोमेटिभ काम पनि गर्न सक्नेछ ।’

त्यस्तै उनले आन्तरिक र बाह्य उडानहरु खोल्नुपर्ने, हिमाल आरोहण र पदयात्राका लागि स्वास्थ्य सम्बन्धी प्रोटोकल अपनाएर खोल्नुपर्ने, नेपालका विभिन्न आयोजनामा काम गर्ने कामदारहरु नेपाल ल्याउनका लागि अनुमति दिनुपर्ने र यदि विदेशी पर्यटकहरु नेपालको स्वास्थ्यसम्बन्धी प्रोटोकलहरु अपनाएर नेपालमा आउन चाहन्छन् भने आउन दिनुपर्ने सुझावहरु कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति समक्ष दिएको बताए ।

corrent noodles
Metro Mart

उनका अनुसार असोज १५ गतेदेखि आन्तरिक उडान सुरु हुनेछ । ‘मैले त असोज १ गतेदेखि नै आन्तरिक उडान सुरु गरौँ भनेर सुझाव दिएको थिएँ तर असोज १५ देखि भने खुल्छ होला । किनकी सो समयमा दसैं, तिहारजस्ता चाडवाड छन् । कम्तीमा पनि दैनिक २० देखि २५ प्रतिशत आन्तरिक उडान सुचारु गरिनुपर्ने मेरो सुझाव हो,’ उनले भने, ‘उडान सुचारु गर्दा हिमाली भेग र घना बस्ती कम तथा कोरोनाको कम जोखिम भएको क्षेत्रमा उडान सुरु गर्न मैले समिति समक्ष सुझाव दिएको छु ।’

अन्य देशमा पनि आन्तरिक तथा बाह्य उडान औषतमा ५० प्रतिशत मात्र रहेकोले नेपालमा पनि सोही हाराहारीमा मात्र उडान अनुमति दिन सकिएमा पनि धेरै राम्रो हुने उनको तर्क छ ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा मात्र पछिल्लो ६ महिनामा एक खर्ब रुपैयाँ घाटा लागेको बताए। उनका अनुसार विभिन्न पर्यटन व्यवसायी र पर्यटन विभागले बुझाएको विवरण अनुसार मासिक पर्यटन क्षेत्रमा १० अर्ब रुपैयाँ घाटा हुने गरेको छ। त्यसरी हेर्दा ६० अर्ब रुपैयाँ प्रत्यक्ष घाटा भएको र पर्यटन क्षेत्रले लिएको ऋणको व्याजलाई पनि जोड्ने हो भने एक खर्ब पुगेको छ । हाल पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँ बराबरको लगानी छ ।
कार्यक्रममा पर्यटन व्यवसायीहरुले अब पर्यटन व्यवसाय खुल्ला गर्नुपर्ने बताएका थिए ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले यो समयमा कम्तीमा पनि दुईवटा मात्र एयरलायन्स भएको कम्पनीले पनि दैनिक ३० हजार डलरसम्मको कारोबार गर्ने गरेको हुने बताउँदै कोरोनाका कारण सबै सखापै भएको सुनाए। अन्य देशमा पनि आन्तरिक तथा बाह्य उडानहरु भइरहेकोले तत्काल उडान नियमित गर्न उनले आग्रह गरे ।

प्रकाशित: Sep 10, 2020| 16:44 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्