शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भदौ लागेपछि वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी बढ्यो

भदौ लागेपछि वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी बढ्यो

भदौ लागेपछि वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– भदौ लागेपछि वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको छ।

triton college

साउन मसान्तको तुलनामा भदौ १९ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले बढेको छ भने कर्जा प्रवाह १९ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघले जनाएको छ।

संघका अनुसार साउन ३० गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ३४ खर्ब ७९ करोड पुगेकोमा भदौ १९ गते ३४ खर्ब ९१ अर्ब पुगेको छ। त्यस्तै कर्जातर्फ साउन ३० गते २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा भदौ १९ गतेसम्ममा १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।

बजारमा तरलता पर्याप्त हुँदा बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन्, जसका कारण निक्षेप वाणिज्य बैंकहरुमा नभएर अन्यत्र गएकोले निक्षेप वृद्धि कर्जाको तुलनामा कम भएको संघले जनाएको छ।

त्यस्तै वाणिज्य बैंकहरुमा पर्याप्त तरलता हुँदा कर्जा प्रवाहका लागि वाणिज्य बैंकहरुले विभिन्न कर्जाका स्किम ल्याएका कारण कर्जा प्रवाह विस्तारै बढ्दै गएको संघको ठहर छ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Sep 10, 2020| 15:06 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्