शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा साढे ५ हजार सक्रिय संक्रमित, ५९ जनाको मृत्यु

उपत्यकामा साढे ५ हजार सक्रिय संक्रमित, ५९ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएकालाई घरमै आइसोलेसनमा बस्न अनुमति दिएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– केही सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ।

triton college

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले उपत्यकामा ५ हजार ६६६ जना सक्रिय संक्रमित छन्।

यीमध्ये १ हजार ७७८ जना विभिन्न अस्पतालमा उपचाररत छन्। अस्पतालका आइसोलेसनमा १ हजार ६८०, आईसीयूमा ७७ र भेन्टिलेटरमा २१ जना रहेको महाशाखाले जनाएको छ।

बाँकी संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा छन्।

उपत्यकामा संक्रमितमध्ये ५९ जनाको मृत्यु भएको छ।

corrent noodles
Metro Mart

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएकालाई घरमै आइसोलेसनमा बस्न अनुमति दिएको छ। लक्षण देखिएका तथा गम्भीर बिरामीमात्रै अस्पतालमा भर्ना हुन पाउँछन्।

काठमाडौं उपत्यकामा हालसम्म ९ हजार ४४० जनामा संक्रमण पुष्टि भएकोमा ३ हजार ७१७ जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेमा काठमाडौंका २ हजार ९५४, भक्तपुरका ३०१ र ललितपुरका ४६४ जना छन्।

उपत्यकाका १९ अस्पतालमा एक हजार ७७८ कोरोना संक्रमित उपचाररत

प्रकाशित: Sep 10, 2020| 14:26 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।