शनिबार, वैशाख ८, २०८१

एनआईसी एशिया बैंकको पुरस्कार योजना

 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- एनआईसी एशिया बैंकले क्‍विज योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहक तथा अन्य पनि बैंकको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् ।

triton college

भदौ २५ देखि असोज १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । सोधिने प्रश्नमा दिइएका चार विकल्प मध्येबाट सहभागीले सामान्य जानकारीसहित आफूलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । 

सोधिएका प्रश्नहरूमध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदासमेत सहभागीहरू विजेता बन्‍न सक्ने र जति धेरै सही जवाफ दिइयो त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना हुने बैंकले जनाएको छ ।

बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक सातामा विजेता घोषणा गर्ने र बहुसंख्यक सहभागीबाट सही उत्तर आए गोलाप्रथाबाट विजेता छनोट गर्ने जनाएको छ ।

यस योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जरका तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी पलसोनिकका तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजका तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनका तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रिल र यसुडाका तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १-१ जनालाई प्रदान गरिने बैंकले जनाएको छ ।

corrent noodles
Metro Mart

सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने पाँच जनालाई एलजीका तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा चार जनालाई पाँच सय रुपैयाँबराबरको मोबाइल रिचार्ज सुविधा प्रदान गरिने जनाइएको छ । भाइबर कम्युनिटीमा जोडिनका लागि भाइबर एप खोली सर्च बक्समा गई बैंकको नाम खोज्नुपर्ने हुन्छ ।

प्रकाशित: Sep 10, 2020| 12:37 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्