मंगलबार, वैशाख ११, २०८१

साढे ५७ लाखमा ग्लोरी ५६०

काठमाडौं- कुजु नेपालले इन्डोनेसियाको डीएफएसके ब्रान्‍डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पूरा भएको छ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- कुजु नेपालले इन्डोनेसियाको डीएफएसके ब्रान्‍डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पूरा भएको छ।

triton college

कम्पनीले यसअघि डीएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकामा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको जनाएको छ।

कोभिड १९ को कारण केही ढिला बिक्री सुरु हुन लागेको ग्लोरी ५६० नयाँ वर्षको अवसरमा बिक्री सुरु गर्ने लक्ष्य थियो । नेपाल आएको पहिलो वर्ष नै गाडीको मूल्य, मूल्यअनुसारको फिचर र एसयूभीप्रेमी ग्राहकको मन जित्न सफल भएको कम्पनीले जनाएको छ । “नेपाली अटोमोबाइल बजार निकै सानो छ ।

यद्यपि पछिल्ला दिनमा सरकारको नीति, असहज बैंकिङजस्ता अवस्थामा पनि हामीले पहिलो वर्ष सफल रुपमा पार गरेका छौं,” कम्पनीले भनेको छ । नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुद पनि डीएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्‍याउन सकेको कम्पनीले जनाएको छ । “यसले भोलिका दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडी बढ्ने हौसला प्रदान गरेको छ,” कुजु नेपालका सञ्‍चालक उमिद श्रेष्ठले भने ।

यस्तो छ ग्लोरी ५६०

corrent noodles
Metro Mart

५६० को लम्बाइ ४५१५ एमएम, चौडाइ १८१५ एमएम र उचाइ १७३५ एमएम छ । यसमा २६९० एमएमको ह्‍‌विलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी छ । इन्जिन ग्लोरी ५६० मा युरो ५ मापदण्डको इन्जिन दिइएको छ ।

यसमा रहेको १।५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पिड म्यानुयल गियरबक्स छ । साथै, ५० लिटरको इन्धन ट्याङ्‍क उपलब्ध छ ।

ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेस्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्‌विल, एयरब्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, ईबीडी, इन्जिन इमोबिलाइजर, आलर्म सिस्टम, स्पिड सेन्सिङ अटो लक, क्र्यास अटो अनलकजस्ता फिचर यसमा पाउन सकिन्छ ।

ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट र स्टप बटम, किलेस इन्ट्रीजस्ता विशेषता यसमा पाउन सकिनेछ ।

कम्पनीले यसमा तीन वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ, त्यहीबराबरको वारेन्टी प्रदान गर्नेछ । यसलाई प्रतिस्पर्धी मूल्य बनाउने कम्पनीको योजनाअनुसार ५७ लाख ५० हजार रुपैयाँ तोकेर यसको बिक्री वितरण सुरु गरेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित: Sep 10, 2020| 12:33 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्