झापा- झापाको कनकाई नगरपालिका–३ का एकै घरका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार संक्रमितहरुको अवस्था सामान्य छ । केहिलाई रुघा खोकी लाग्ने र घाँटी दुख्ने समस्या देखिएको छ ।
घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले होम आइसोलेसनमा रहेकालाई घरमै खाद्यान्न सामग्री पुर्याएको छ।
कनकाई नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिएको छ । हालसम्म ४८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये अधिकांश बाहिर नगएकाहरु छन् ।