बुधबार, वैशाख १२, २०८१

जोरबिजोर नमान्ने ४ सय २६ सवारी प्रहरीको नियन्त्रणमा

 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं– निषेध आदेश खुकुलो भएसँगै काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली नमान्ने ४ सय २६ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कडाइका साथ जोरबिजोर कार्यान्व्यन गर्न लागि परेको ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आज बिहान साढे १० बजेसम्ममा ४ सय २६ वटा सवारीलाई नियन्त्रणमा लिएको हो ।

triton college

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी चलाउन पाइने स्थानीय प्रशासनले निर्णय गरेको छ । सो निर्णय विपरित आज जोर नम्बरका सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जोर बिजोर प्रणाली उल्लंघन गरेमा बिहिबार निश्चित समय होल्ड गरेर चेतावनीसहित छाडिने र शुक्रबारबाट कारावाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाईने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए ।

प्रकाशित: Sep 10, 2020| 11:37 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।