बिहीबार, वैशाख १३, २०८१

कोरोनाबाट ९ लाखको मृत्यु, कुन देशमा कति ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ९ लाख बढीको मृत्यु भएको छ ।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ९ लाख बढीको मृत्यु भएको छ ।

triton college

विश्वमा कोरोना संक्रमण देखिएको १० महिनामा ९ लाखको मृत्यु भएको हो ।

पछिल्लो एक महिनामा मात्रै १ लाख ७० हजार ५ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो चार महिनामा मृत्युदर अध्याधिक मात्रामा बढेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । जहाँ बिहीबार बिहानसम्म ६३ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् भने १ लाख ९० हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।

दोस्रो बढी प्रभावित भारतमा कोरोना संक्रमितको संख्या ४३ लाख ७० हजारभन्दा बढी पुगेको छ भने ७३ हजार ८ सय ९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

corrent noodles
Metro Mart

त्यस्तै ब्राजिलमा ४१ लाख ६२ हजार संक्रमित भएका छन् भने १ लाख २७ हजार ४ सयभन्दा बढी मृत्यु भएको छ ।

यस्तै जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट मेक्सिकोमा ६९ हजार ४९, बेलायतमा ४१ हजार ६ सय ८३, इटालीमा ३५ हजार ५ सय ७७, फ्रान्समा ३० हजार ८ सय ५, पेरुमा ३० हजार १ सय २३, स्पेनमा २९ हजार ७ सय २८ जनाको मृत्यु भएको छ ।

इरानमा २२ हजार ६ सय, कोलम्बियामा २१ हजार ८ सय, रुसमा १८ हजार ८०, चिलीमा ११ हजार ७ सय, अर्जेन्टिमा १० हजार ७ सय जनाको कोरोनाबाट मृत्यु भएको छ ।

नेपालमा भने कोरोना संक्रमणबाट ३ सय १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ४९ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने ३३ हजार ८ सय ८२ जना निको भएका छन् ।

प्रकाशित: Sep 10, 2020| 08:02 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।