काठमाडौं- २१ दिन लामो निषेध आदेश हटेसँगै काठमाडौं उपत्यकामा आजबाट यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ ।
सबै सवारी चल्न दिदा भीड बढ्ने र कोरोना संक्रमणको जोखिम झनै उच्च हुने निष्कर्षसहित आजबाट निषेध आदेश हटाए पनि यातायातमा जोरबिजोर प्रणाली लागु गरिएको हो ।
जोरबिजोर चार पांग्रे सवारीसँगै दुई पांग्रे मोटरसाइकलमा पनि लागु हुने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
जोरबिजोर प्रणालीअनुसार सार्वजनिक यातायात चलेपनि क्षमताभन्दा आधामात्रै यात्रु बोक्न पाउँने छन् ।
ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ भने सार्वजनिक बसमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइने प्रावधान बनाइएको छ ।
जोरबिजोर प्रणाली मालबाहक ढुवानीका साधनमा भने लागु हुने छैन् । खाध्यान्न, तरकारी, फलफूल, निर्माण सामाग्री, पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जोरबिजोर लागु हुने महाशाखाले जनाएको छ ।
यस्तै एम्बुलेन्स लगायत स्वास्थ्य संघसंस्था र स्वास्थ्यकर्मीका सवारी साधनमा जोरबिजोर लागु हुने छैन् । सुरक्षा निकाय, मिडियाका सवारीमा पनि जोर बिजोर लागु हुने छैन् ।
त्यस्तै फोहोर संकलन गर्ने सवारीमा पनि जोरबिजोर लागु नहुने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।