शनिबार, वैशाख ८, २०८१

प्रज्ञा दर्शन अंक तीन विमोचित

एक सय सातौं बीपी जयन्तीका अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ, त्रिवि एकाइले प्रकाशन गरेको प्रज्ञा दर्शन जर्नलको तेस्रो अंक विमोचन गरिएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- एक सय सातौं बीपी जयन्तीका अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ, त्रिवि एकाइले प्रकाशन गरेको प्रज्ञा दर्शन जर्नलको तेस्रो अंक विमोचन गरिएको छ।

triton college

प्रपासंघ, नेपाल त्रिवि एकाइले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र कांग्रेसका अर्का नेता दीपक गिरीले जर्नलको संयुक्त रुपमा विमोचन गरेका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता खाँडले बीपी कोइराला बहुआयामिक भूमिकालाई सम्पादन गर्न सक्ने कुशल व्यक्तित्व रहेको स्मरण गरे।
उनले बीपी राजनीतिक र साहित्यिक सन्दर्भबाट नेपाल र विश्व नियाल्न सफल रहेको बताए।

नेता खाँडले अहिले नेपाली कांग्रेसका शुभेच्छुकहरुमा पार्टीलाई के दिने होइन, पार्टीबाट के पाउने भन्ने गलत सोचाइ रहेको बताए। यस्तो सोचाइ नत्यागेसम्म कांग्रेसले उचाइ लिन नसक्ने उनको भनाइ थियो।

कांग्रेसका अर्का नेता दीपक गिरीले गणेशमान सिंह र बीपीबीचको राजनीतिक प्रेमबाट अहिलेका नेताहरुले सिक्नुपर्ने बताए। उनले नेताहरुलाई एकताबद्ध बनाउन प्राज्ञिक क्षेत्रको पनि उत्तिकै जिम्मेवारी रहेको बताए।

corrent noodles
Metro Mart

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत तिमिल्सिनाले विकास निर्माणको योजना बनाउँदा विपन्न जनतालाई केन्द्रमा राखेर बनाउनुपर्ने बीपी विचार अझै पनि सान्दर्भिक रहेको बताए।

उनले कांग्रेसलाई अगाडि बढाउन प्राज्ञिक क्षेत्रले हरतरहले सहयोग गर्ने बताए।

नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्धबहादुर थापा, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका महासचिव राजेन्द्र गौतम, त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकाल, प्रपासंघ त्रिवि एकाइ समिति अध्यक्ष शोभाकर कँडेल, उपाध्यक्ष महानन्द चालिसे, प्रज्ञा दर्शन जर्नल सम्पादन मण्डलबाट प्रा.डा. निरञ्जन पराजुली र प्रा.डा. लक्ष्मणप्रसाद गौतमले बीपी कोइरालाको राजनीतिक, साहित्यिक योगदानको चर्चा गरेका थिए। 

जर्नलमा विभिन्न विद्वानहरूकाे अनुसन्धानमूलक लेखरचनाहरू छन्।

प्रकाशित: Sep 09, 2020| 23:42 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।