शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंमा कुन बार कुन पसल खोल्न पाइन्छ?

काठमाडौं उपत्यकामा एकसाताका लागि निषेध आदेश खुकुलो बनाइएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा एक साताका लागि निषेध आदेश खुकुलो बनाइएको छ। तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेध आदेश खुकुलो बनाउने निर्णय गरेको हो।

triton college

२४ भदौ मध्यरातिदेखि लागू हुने गरेर ३१ भदौ मध्यरातसम्म निषेध आदेश खुकुलो बनाउने निर्णय भएको हो।

योसँगै कस्तो प्रकृतिका पसल कुन बार खुल्ने भन्ने पनि तय भएको छ।

यी हुन् सञ्चालन गर्न मिल्ने सेवाहरु

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने छ भने साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखी चलाउन सकिने छ।

corrent noodles
Metro Mart

निजी सवारी साधनहरु स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने तथा भौतिक दूरी कायम गर्ने गराउने गरी सञ्चालन गर्न सकिने छ।

यात्रुबाहक सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा मापदण्डअनुरुप सामाजिक दूरी कायम हुने गरी एक लहरमा एक जना मात्र बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक, तथा यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा अनिवार्य रुपमा सवारी साधनहरुको दैनिक निसंक्रमित गरिएको हुनुपर्ने छ।

मापदण्ड पुरा गरेका सबै सवारी साधनहरु जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन्। तर मालबाहक ढुवानीका साधनहरु सञ्चालनमा भने जोरबिजोर प्रणाली लागू हुने छैन।

अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने छ।

सुरक्षा मापदण्ड अनिवार्यरुपमा पालना गरी अत्यावश्य वस्तु वा सेवामध्ये खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न सकिने छ।

विकास निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय र ढुवानीमा प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न सकिनेछ।

टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्य मापदण्ड पालना गरी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ।

सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिने छ।

सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरी साताको सोमबार, बुधवार र शनिबार मात्र खोल्न पाइनेछ।

भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ। फर्निचर, अटो मोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधवार मात्र खोल्न सकिने छ।

फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खोल्न मिल्नेछ।

सवारी साधन मर्मतसम्बन्धी वर्कसप बिहान ८ देखि बेलुका ८ सम्म खाेल्न पाइनेछ। विदेश जानेहरुको आवतजावतमा सहजीकरण गरिने छ।

सञ्चालन अनुमति दिएका सेवाहरुको हकमा अनिवार्य स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेको हुनुपर्ने छ। सञ्चालन गर्न पाउने सेवाहरु स्वास्थ्य मापदण्डबमोजिम भए भएको विषयमा सम्बन्धित नियामक निकायले नियमित अनुगमन गरी प्रतिवेदन तालुक निकाय र जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने छ।

जिल्ला प्रशासन कार्यालयले खुल्ला स्थानमा मानिसहरुको भेला हुन, भिडभाड गर्न, सभा जुलुस आदि गर्न गराउने कार्यमा भने रोक नै लगाएको छ। भिडभाड हुने जात्रा, महोत्सव, भोजभतेर आदि सञ्चालन गर्न पाइने छैन।

मठ मन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा पनि दैनिक नित्य पूजाबाहेकका गतिविधिहरु सञ्चालन गर्न, बढी भिडभाड हुने उद्योग, कल कारखाना, व्यापार व्यवसायअन्तर्गत स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप पनि गर्न पाइने छैन।

चाड पर्वलगायतका धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघटहरु, शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा गोष्ठी तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा स्वीमिङ, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना सञ्चालन गर्नमा पनि निषेध गरिएको छ।

उद्योग व्यापार, व्यवसाय, निर्माण आदि कार्य गर्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डविपरित श्रमिक, कामदारको ओसारपसार गर्ने कार्य पनि प्रशासनले रोक नै लगाएको छ।

प्रकाशित: Sep 09, 2020| 19:20 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।