शुक्रबार, वैशाख १४, २०८१

दुई टुक्रा भएको हात १० घण्टाको शल्यक्रियापछि जोडियो

मेसिनले दुई टुक्रा बनाइदिएको हत्केला राष्ट्रिय ट्रमा सेन्टरमा सफल रुपमा जोडिएकोे छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– मेसिनले दुई टुक्रा बनाइदिएको हत्केला राष्ट्रिय ट्रमा सेन्टरमा सफल रुपमा जोडिएकोे छ।

triton college

दक्षिणकालीस्थित एक कारखानामा फ्लेक्सको काम गर्दा सर्लाहीका १८ वर्षीय रवि सिंहको हात मेसिनले दुई टुक्रा बनाइदिएको थियो। टुक्रा भएको हत्केला बोकेर रवि आफैं ट्रमा सेन्टर पुगेका थिए।

फ्लेक्स पाइप मेसिनले दुई टुक्रा बनाइदिएको हत्केलालाई प्लास्टिक सर्जरी विभाग प्रमुख प्रा.डा. पियूष दाहालको नेतृत्वमा रहेको चिकित्सक टोलीले १० घण्टा लामो शल्यक्रिया गरी जोडिदिएका हुन्।

सर्जरीका क्रममा प्लास्टिक सर्जन डा. कृष्ण मानन्धरले १८ वटा चलाउने नशा, ५ वटा भेन, ३ वटा आर्टरी र ४ वटा हड्डी जोड्नुपरेको चिकित्सकहरुले बताएका छन्।

रविले घटनालगतै टुक्रा भएको हातलाई सफा गरेर ल्याएकोले कुनै संक्रमण हुन नपाएको चिकित्सकले बताएका छन्।

corrent noodles
Metro Mart

सर्जरीमा प्रा.डा. दाहाल र डा मानन्धरसहित अर्का प्लास्टिक सर्जन डा. अपार लामिछाने, डा. छिरिङ शेर्पा, एनेस्थेसियाका डा. रुपेश यादव, प्लास्टिक सर्जरी रेजिडेन्ट डा. कमलराज पाठक, नर्सिङ टिमकी पिङ्की लागेजु र अनुपमा फुयालको सहभागिता थियो।

बेलुका ७ बजेदेखि सुरु गरी १० घण्टामा जोडिएको बताइएको छ।

 

प्रकाशित: Sep 09, 2020| 18:28 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।