बुधबार, वैशाख १२, २०८१

सर्वसम्मत नेतृत्व चयनका लागि तयार छु : पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वसम्मत नेतृत्व चयनका लागि आफू तयार रहेको बताएका छन्।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वसम्मत नेतृत्व चयनका लागि आफू तयार रहेको बताएका छन्।

triton college

१०७ औं वीपी जयन्तीको अवसरमा वीपी विचार नेपालको समुन्नतिको मूल बाटो सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जुममार्फत् आयोजना गरेको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन्। ‘पार्टीमा एकता अपरिहार्य छ। सर्वसम्मत नेतृत्वका लागि पनि छलफल गरौं। एक एक तर्क अघि सारेर गरौं म तयार छु,’उनले भने,‘ के–के आधारमा हो त्यसको आधार हुनुपर्छ।’

पौडेलले १४ औं महाधिवेशन सम्पन्न गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए। ‘न्याय, निष्पक्षता, पारदर्शि मूल्यांकनका आधारमा एकता गरौं त्यागको भावना हुनुपर्यो, ढाकछोप गरेर चल्दैन,’ पौडेलले भने, ‘भित्रैबाट यो पार्टी लोकतान्त्रिकरण हुनुपर्यो। आफ्नो लोकतान्त्रिकरण हुनुपर्यो। अनिमात्र अरु क्षेत्रमा लोकतान्त्रिकरण गर्न सकिन्छ।’

समयमा पार्टीको क्रियाशिल सदस्य, समायोजन लगायतका कामहरु नहुँदा अहिले पार्टीमा संकट देखिएको उनको भनाइ छ। ‘कति कामहरु रोकिएका छन्। समायोजनको काम रोकिएको छ। क्रियाशिल सदस्यता पठाइएका छैनन्,’ उनले भने,‘विगतदेखि नै मैले यी विषय उठान गर्दै आएको थिएँ। आज कोभिड १९ को कारणले पनि समस्या ल्याएको छ।’

पार्टीले अहिले महाधिवेशन गर्न नसकेमा फेरी चुनावको समयमा झनै समस्या आउने उनी बताउँछन्।

corrent noodles
Metro Mart

‘कम्युनिष्टसँग लड्नु छ। उनीहरु धाँधली गर्न माहिर छन्। सत्ता पनि उनीहरुको हातमा भएपछि आउँदो चुनावमा के के गर्लान् त्यो हेर्नुस्,’उनले भने। भ्रष्टाचार, आर्थिक अनियमितताका विषयमा पार्टीले भण्डाफोर नगरेपछि प्रतिपक्षको धर्म नहुने भन्दै उनले भूमिका सक्षम तरिकाले खेल्न सक्नुपर्ने बताए।

प्रकाशित: Sep 09, 2020| 16:53 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।