मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘कोरोनाको बहाना बनाएर अन्य बिरामीको उपचार नगर्ने अस्पतालमाथि कारबाही’

‘कोरोनाको बहाना बनाएर अन्य बिरामीको उपचार नगर्ने अस्पतालमाथि कारबाही’

कोरोनाको कारण देखाएर उपचार नगर्ने विराटनगरका अस्पताललाई कारबाही गरिने भएको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

विराटनगर– कोरोनाको कारण देखाएर उपचार नगर्ने विराटनगरका अस्पताललाई कारबाही गरिने भएको छ।

triton college

कोरोना संक्रमितबाहेकका बिरामीले उपचार पाउन नसकेर मृत्यु भएका घटना बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले बिरामीलाई उपचारको वातावरण बनाउन निर्देशन दिएको हो।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यो वा त्यो बहानामा उपचार नगर्ने छुट अस्पताललाई नभएको भन्दै उपचारमा आनाकानी गर्नेमाथि कारबाही गरिने बताए।

उनले सबै अस्पतालसँग मौखिक स्पष्टीकरण सोधिसकिएको जानकारी दिए। उनले भने, ‘बिरामीका आफन्तले गुनासो गर्नेबित्तिकै सम्बन्धित अस्पताललाई तत्काल भर्ना लिएर उपचार थाल्न निर्देशन दिने गरेका छौं।’

अस्पतालले मनपरी गरिरहँदा सर्वसाधारणले दुःख पाउने र अकालमा ज्यान गुमाउनु परेको भन्दै निरौलाले सबैलाई बिरामीको स्वास्थ्य उपचारसम्बन्धी कानुनका बारेमा सम्झाइसकेको बताए।

corrent noodles
Metro Mart

उनले बिरामीको उपचार नगर्ने अस्पताललाई नजिकबाट नियाल्ने काम भइरहेको बताए।

जनस्वास्थ्य ऐन २०७५ मा स्वास्थ्य उपचारमा नियमित, सहज, सर्वसुलभ, प्रभावकारी, गुणस्तरीय र नागरिकको पहुँच स्थापित गर्ने व्यवस्था उल्लेख छ।

ऐनले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुरक्षित गरेको बताउँदै प्रजिअ निरौलाले उपचारमा आनाकानी गर्नेमाथि ऐनअनुसार कारबाही गर्नुको विकल्प नरहने बताए।

कोरोना संक्रमितबाहेक पनि स्वास्थ्यसम्बन्धी अरु समस्या भएका बिरामीलाई तत्काल उपचारको प्रबन्ध गर्न उच्च अदालत विराटनगरले समेत भदौ ८ गते अन्तरिम आदेश दिइसकेको छ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले प्रदेश १ सरकार, विराटनगर महानगरपालिका, अस्पताल लगायतका सरोकारवाला निकायका नाममा आदेश जारी गरेको थियो।

शौचालयमा लडेर घाइते भएकी गर्भवती मोरङको कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी), भात सर्किएर बेहोस बनेकी उदयपुर चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेत, अचानक पिसाब बन्द भएर समस्यामा परेकी मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीय सानकुमारी राई लगायतको उपचार नपाएर ज्यान गइसकेको छ ।

विराटनगरका नोबेल, विराट शिक्षण, विराट नर्सिङ होम एवं विराटनगर, ग्रिनक्रस, कोसी, सुरक्षा लगायतका अस्पतालले उपचार गर्न नमान्दा कोरोनाबाहेकका बिरामीको ज्यान गएको गुनासो मृतकका आफन्तको छ।

 

प्रकाशित: Sep 09, 2020| 13:53 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।