बिहीबार, वैशाख १३, २०८१

आशलाग्दो भ्याक्सिनको परीक्षण रोकियो

कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ। अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ। अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ।

triton college

भ्याक्सिन लगाएका एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकिएको हो। उक्त भ्याक्सिनको अन्तिम चरणको परीक्षण चलिरहेको छ।

अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिनमाथि पूरा विश्वको नजर छ अहिले। कोरोनाबाट आक्रान्त देशहरुलाई आशा जगाएको उक्त भ्याक्सिनको परीक्षण रोकिएपछि अन्य कम्पनीहरुलाई पनि धक्का लागेको छ, जो कोरोनाको भ्याक्सिन बनाइरहेका छन्।

अहिले विश्वभर करिब एक दर्जन वटा भ्याक्सिनको परीक्षण चलिरहेको छ। यसमा अक्सफोर्डको भ्याक्सिन सबैभन्दा अगाडि छ। उक्त भ्याक्सिनको तेस्रो चरणको परीक्षण चलिरहेको छ र बजारमा आउने सबैभन्दा पहिलो भ्याक्सिन यही हुने अपेक्षा गरिएको छ।

बीबीसीका मेडिकल एडिटर फर्गस वाल्सका अनुसार अब विश्वभर चलिरहेको सबै परीक्षण रोकिनेछ र मानिसको सुरक्षाबारे स्वतन्त्र जाँच हुनेछ। त्यसपछिमात्र परीक्षण पुनः सुरु हुनेछ।

corrent noodles
Metro Mart

अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भने ठूलो स्तरको परीक्ष्(णमा यस्तो हुने बताउँदै यसबारे अध्ययन गरिने बताएका छन्। केही दिनमै परीक्षण पुनः सुरु हुने उनको भनाइ छ।

–बीबीसी

 

प्रकाशित: Sep 09, 2020| 06:25 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।