शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ऋणीकाे मासिक किस्ता परिवर्तन नहुने, लाभांश वितरणमा कडाइ

ऋणीकाे मासिक किस्ता परिवर्तन नहुने, लाभांश वितरणमा कडाइ

कर्जाको मासिक किस्ता घटबढ नहुने भएको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– कर्जाको मासिक किस्ता घटबढ नहुने भएको छ।  नेपाल राष्ट्र बैंकले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर स्थिर कायम राख्न निर्देशन दिएको हो।

triton college

यो व्यवस्थासँगै निश्चित आम्दानी भएका ऋणी मासिक किस्ता (ईएमआई) थपघट हुने चिन्ताबाट मुक्त हुनेछन्।

बैंकबाट ऋण लिँदा एउटा ब्याज दर र तिर्ने बेलामा अर्कै ब्याजदर हुँदा निश्चित आम्दानी हुने ऋणी हैरान थिए।

ग्राहकले बैंकको तरलताअनुसार ब्याजदर घटबढ गराउन चाहेमा त्यो विकल्प दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

यो व्यवस्था घर, गाडी तथा अन्य व्यक्तिगत प्रयोजनका लागि ईएमआई तिर्नेगरी लिइएको कर्जाको हकमा लागू हुने राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई दिएको एकीकृत निर्देशनमा उल्लेख छ।

corrent noodles
Metro Mart

बैंकहरुले प्रत्येक ६/६ महिनामा अनिवार्य रुपमा स्थिर कर्जाको ब्याजदर प्रकाशित गर्नुपर्नेछ।

स्थिर ब्याजदरमा प्रिमियम कति लिने, तरलता अभाव भएमा बैंकहरुले ब्याजदर बढाउनुपर्दाको अवस्थामा के गर्ने, ऋण चुक्ताको अवधि बढाउने विषयमा भने केही खुलाइएको छैन।

लाभांश वितरण कडाइ

निर्देशनमा बैंकहरुलाई लाभांश वितरणमा पनि कडाइ गरिएको छ। राष्ट्र बैंकले न्यूनतम पुँजीकोष कायम नगर्ने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न रोक लगाएको हो।

आर्थिक वर्षको एक महिनामा पनि पुँजीकोष अनुपात नियमबमोजिम कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले लाभांश वितरण गर्न पाउने छैन।

यसअघि पुँजीकोष नपुर्याउने बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयर र करबापत लाग्ने नगद लाभांश वितरण गर्न पाउने व्यवस्था थियो।

हाल वाणिज्य बैंकहरुले आठ अर्ब, विकास बैंकहरुले दुई अर्ब ५० करोड र फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: Sep 08, 2020| 18:51 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्