काठमाडौं- फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पे कोरोना संक्रमित भएका छन् ।
उनी कोरोना भाइरसबाट संक्रमित भएको फ्रेन्च फुटबल फेरेडेसन (एफएफएफ)ले जनाएको हो । एम्बाप्पे हाल आइसोलेसनमा छन् ।
उनले केहि दिनअघि मात्रै यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल खेलेका थिए।
फ्रान्सले आज (मंगलबार) राति क्रोएसियासँग आफ्नो दोस्रो खेल देल्दैछ । यसअघि स्विडेनसँगको पहिलो खेलमा एम्बाप्पेले गोल गरेका थिए ।
केहि दिनअघि ब्राजिलियन फुटबल स्टार नेयमारलाई पनि कोरोना संक्रमण भएको थियो । उनी पनि आइसोलेसनमा रहेका छन् ।