शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात रिहा

रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात रिहा

गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना आज (सोमबार) रिहा भएका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

ललितपुर- गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना आज (सोमबार) रिहा भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए।

triton college

यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती आज रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए।

उनले भने, ‘हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ। तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ।

ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले आज उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हाैँ।’ यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ।

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै आज केही जनताले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए।

corrent noodles
Metro Mart

प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो। रासस

प्रकाशित: Sep 07, 2020| 20:28 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।