शुक्रबार, वैशाख १४, २०८१

‘सरकारसँग श्रमिकको पीडा बुझ्ने हृदय छैन’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले वर्तमान सरकारमा श्रमिकको पीडा बुझ्ने हृदय नभएको ठहर गरेको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले वर्तमान सरकारमा श्रमिकको पीडा बुझ्ने हृदय नभएको ठहर गरेको छ।

triton college

विभागको शनिबार र आइतबार गरी दुई दिन जुम प्रविधिबाट बसेको बैठकले वर्तमान सरकारका कजोरीहरु औंल्याउँदै विभिन्न समसामयिक विषयमा १३ वटा निर्णय गरेको छ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न ढिलाई गर्ने तथा अरु देशले निःशुल्क उद्धार गरिदिन्छौँ भनेर प्रस्ताव पठाउँदा पनि अस्वीकार गर्ने कार्यबाट श्रमिकको पीडा बुझ्ने हृदय नभएको सरकार भन्ने ठहर बैठकले गरेको छ।

बैठकका निर्णयहरु विज्ञप्तिमार्फत् सार्वजनिक गर्दै कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात गरेर निःशुल्क उद्धारको प्रक्रिया अघि बढाउन सरकार समक्ष माग गरेको छ।

‘उद्धारको नाममा व्यापार, निःशुल्क उद्धार गर्न अदालतको दिएको आदेश उल्लंघन र युएईको राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले आफ्नो देशमा रहेका नेपाली श्रमिकलाई निःशुल्क उद्धारको प्रस्ताव पठाउँदा त्यसलाई अस्वीकार गर्ने जस्ता कार्यबाट वर्तमान सरकार श्रमिकप्रति कत्ति पनि संवेशनशील छैन भन्ने प्रष्ट हुन्छ’ विज्ञप्तिमा भनिएको छ।

corrent noodles
Metro Mart

स्वास्थ सामग्रीको खरिदमा समेत भ्रष्टाचार गरिएको घटनाले सरकारबाट सदाचारको अपेक्षा गर्नु कारुणिक भ्रम मात्र हुने निष्कर्ष निकाल्दै बैठकले ओली सरकारका सबै भ्रष्टाचारजन्य एकएक कर्महरुको फेहरिस्त तयार गर्ने निर्णयसमेत गरेको छ।

तीनवटै तहको सरकारलाई नवीन र ऐक्यबद्ध रणनीतिका साथ कोरोना संक्रमणविरुद्ध युद्धस्तरमा कार्य गर्न अपिल गर्दै बैठकले समुदायस्तरमा संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा ‘एक घर एक परिक्षण’ गर्न गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

आइसोलेसन व्यापक बिस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरी कोभिड अस्पतालहरुको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकारसमक्ष माग गरेको छ।

अभावका बीच कोरोना संक्रमणसँग फ्रन्टलाइनमा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ।
उच्च मानवीय भावनाले काम गरिरहेका स्वास्थकर्मीहरुको मनोबललाई असर पुग्ने गरि कहीँ पनि कुनै पनि ढंगको गतिविधि हुन नदिन सबैमा बैठकले अपिलसमेत गरेको छ।

कोभिड प्रतिकुलताका कारण ननकोभिड बिरामी पनि गम्भीर ढंगले प्रताडित भइरहेको औंल्याउँदै बैठकले भेन्टिलेटर नपाएर मृत्यु, एकपछि अर्को अस्पताल दौडन बाध्य भएर मृत्यु, संक्रमण आशंकामा उपचार नपाएर मृत्यु जस्ता घटना पटक–पटक हुनु भनेको राज्यको अस्तित्वमाथिको गम्भीर प्रश्न भएको ठहर गरेको छ।

बैठकले यस्तो स्थिति दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउने र यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य संकलन गर्ने निर्णय गरेको छ।

राजधानी लगायत मुलुकको आधा भू–भागमा निषेधाज्ञा र लक डाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको औँल्याउदै बैठकले हातमुख जोर्न कठिन भएका बेरोजगार युवा, डेरा बस्ने विद्यार्थी, आंशिक प्राध्यापक, अपांगता भएका नागरिक, एकल महिलाका लागि व्यवहारिक राहत प्याकेज अबिलम्ब घोषणा गर्न सरकारसँग माग गरेको छ।

यस्तै बैठकले नेकपाको सरकारका प्रत्येक दिनका हरेक गतिविधिको विवरण राख्ने निर्णय गरेको छ।

निर्वाचनमा घोषणापत्र एवम् सार्वजनिक अभिव्यक्तिमार्फत् जनतासमक्ष प्रस्तुत गरिएका वचन एवम् सरकारमा पुगेपछि संविधान र जनभावनाविपरित गरिएका सबै कर्मको सम्पूर्ण विवरण संकलन गरेर कम्युनिष्ट सरकारप्रतिको सपना र वास्तविकतालाई तथ्यपूर्ण ढंगले क्रमशः चिरफार गर्दै अघि बढ्ने निर्णय गरेको विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै कांग्रेसलाई सूचना, संचार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री (डिजिट्लाइज्ड) बनाउंदै अघि बढ्ने अभियान शुरु गर्नेसमेत बैठकले निर्णय गरेको छ। त्यसका लागि पार्टीको केन्द्रीय मुखपत्र ‘नेपाल पुकार’ प्रिन्ट र डिजिटल दुबै माध्यममा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित: Sep 07, 2020| 17:47 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।