धनगढी- कैलालीमा कार्यरत ६३ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार भएको परीक्षणमा ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले बताए।
कोरोना संक्रमण पुष्टि भएका सबै सैनिक मोहन्याल गाउपालिका वडा नम्बर ७ गोरङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख बिसिले बताए।
यसअघि शिक्षालयमा कार्यरत ४ जनामा सेनामा संक्रमण पुष्टि भएपछि २४५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।
(ब्यारेक रहेको स्थान कुन स्थानीय तहमा पर्छ भन्नेबारे मोहन्याल गाउँपालिका र लम्की चुहा नगरपालिकाबीच विवाद छ।)