धनगढी- एउटै स्थानीय निकायमा ६३ सहित आज (सोमबार) कैलाली र कञ्चनपुरमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४४५ जनाको परीक्षणमा कैलालीका ७१ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।
एकै दिन कैलालीको लम्की चुहा नगरपालिकाका ६३ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका–५ का ४ जना, वडा नम्वर २ का २ जना, वडा नम्वर १३ का १ जना र घोडाघोडी नगरपालिकाका १ जना तथा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ।