बिहीबार, वैशाख १३, २०८१

परराष्ट्रमन्त्री खड्काले लिए शपथ, आजै अमेरिका उड्दै

 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ लिएका छन्। हिजो मंगलबार बसेको सत्तारूढ गठबन्धन बैठकमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो। सोहीअनुसार उनले आज मन्त्री नियुक्त भएर शपथ लिएका हुन्।

शपथ लिएसँगै उनी आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन्। मन्त्री खड्काले अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय प्राथमिकतामा नरहने बताए। 

मन्त्री खड्का महासभामा भाग लिनेछन् भने सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आफ्नो भ्रमणको एजेन्डामा एमसीसी नरहेको बताए। उनले भने, ‘म राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकताको सूचीमा छैन।’ नेपालमा एमसीसी सम्झौताबारे विवाद छ।

प्रकाशित: Sep 22, 2021| 14:24 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...