काठमाडौं- सिद्धार्थ बैंकले नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अभियानलाई सहयोग गरेको जनाएको छ ।
युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यस सहयोगबाट केही हदसम्म भए पनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बैकले जनाएको छ ।