काठमाडौं- विश्व टेनिस बरियताका नम्बर वान प्लेयर नोभाव जोकोविच जारी यूएस ओपन टेनिसबाट निकालिएका छन् ।
चाैथो राउन्डको खेलमा लाइन जजलाई टेनिस बलले हिर्काएपछि निकालिएका भएका हुन्।
स्पेनका पावलो क्यारेनो बुस्टासँग ६–५ अन्तरले पछि परेपछि आक्रोशित भएका ३३ वर्षे जोकोविचले गोजीबाट बल निकालेर जर्जलाई प्रहार गरेका थिए, दुर्घटनाबस बलले एक महिला जर्जको घाँटीमा लाग्न पुग्यो। उक्त घटनापछि जोकोविचलाई प्रतियोगिताबाट निकालिएको थियो ।
‘ग्राण्डस्लमको रुलबुक अनुसार उनले जानाजान र खतरनाक तरिकाले हिर्काउने र कोर्टमा लापरवाही तरिकाले खेलेका कारण रेफ्रीहरुले उनलाई यूएस ओपन २०२० बाट बाहिर पठाएका छन्,’ युनाइटेड टेनिस संघले जारी गरेको एक सूचनामा भनिएको छ।
जोकोविचले यूएस ओपनमा प्राप्त गरेको रेंकिङ पोइन्ट पनि गुमाउने भएका छन्। साथै उनले प्रतियोगितामा जितको रकम पनि जरिवानास्वरुप फिर्ता गर्नुपर्ने भएको छ।
जोकोविचलाई प्रतियोगिताको सम्भावित विजेताको रुपमा हेरिएको थियो।