बिहीबार, वैशाख १३, २०८१

प्रदेश सांसदलाई कोरोना संक्रमण

सुर्खेत- कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

सुर्खेत- कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।

triton college

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा प्राप्त रिपोर्टले उनमा सङ्क्रमण देखाएको हो । प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले स्वाब सङ्कलन गरी आरटी परीक्षण गर्दा श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको बताए।

प्रदेशसभा सदस्य श्रेष्ठले पनि सो कुराको पुष्टि गरे। उनले भने, “स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ, म अहिले होम आइसोलेसनमा छु । स्वास्थ्य अवस्था सामान्य छ । मसँग कन्ट्याक्टमा रहेका व्यक्तिको टे«सिङ चाँडो गराउन म सङ्क्रमण भएको समाचार आउन जरुरी छ ।”

यसैगरी, प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ । यस अघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य सङ्घका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापा, अधिवक्ता दिलबहादुर महत, महिला अधिकारकर्मी भगवती श्रेष्ठ र एनजिओकर्मी टेकबहादुर रावतलाई पनि कोरोना सङ्क्रमण देखिएपछि उनीहरु चार दिनदेखि आइसोलेसनमा छन्।

प्रकाशित: Sep 07, 2020| 05:53 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।