स्पेनमा कोरोना भाइरसको दोस्रो लहरले दुःख दिन थालेपछि सरकारले आपतकाल घोषणा गरेको छ। कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेसँगै सरकारले यस्तो कदम चालेको हो।
आपतकाल घोषणासँगै त्यहाँ रात्रिकालीन कर्फ्यू लागू भएको छ। यसअनुसार राति ११ देखि बिहान ६ बजेसम्म हिँडडुल गर्न पाइनेछैन।
स्पेनमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ भने साढे ३४ हजारको ज्यान गएको छ ।