शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्री ओलीले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधि र केही उद्योगी व्यवसायीहरुसँग आज छलफल गर्दैछन्।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधि र केही उद्योगी व्यवसायीहरुसँग आज छलफल गर्दैछन्।

triton college

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

कोरोना भाइरस (कोभिड-१९) ले निजी क्षेत्रमा पुर्याएको असरलगायत अहिलेको समसामयिक विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।

छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका नेतृत्वसहित केही पदाधिकारीहरुलाई बोलाइएको छ।

प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, अर्थ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित निजी क्षेत्रसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

corrent noodles
Metro Mart

लामो समयदेखिको लकडाउन र अहिले जारी निषेध आदेशका कारण व्यवसाय धरासायी बन्दै गइरहेको भन्दै व्यवसायीहरुले राहत प्याकेज ल्याउनुपर्ने, सुरक्षा मादपण्ड अपनाएर व्यवसाय सञ्चालनमा सहजीकरण हुनुपर्ने लगायतका मागहरु राख्दै आइरहेका छन्।

अहिलेको स्थितिमा अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा नै छलफल गर्न लागेको बताइएको छ।

प्रकाशित: Sep 06, 2020| 17:05 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।