शुक्रबार, वैशाख १४, २०८१

वीरलाई पनि कोरोना अस्पताल बनाउने मन्त्रालयको निर्णय

वीर अस्पतालमा अबदेखि कोरोना संक्रमितको मात्रै उपचार हुने भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- वीर अस्पतालमा अबदेखि कोरोना संक्रमितको मात्रै उपचार हुने भएको छ।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बैठकले वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

साथै वीरमा सञ्चालन भइरहेका स्वास्थ्य सेवालाई राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेशवर गौतमले जानकारी दिए।

कोरोना संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि वीर अस्पताललाई कोरोनाका संक्रमित मात्रै उपचार गर्ने अस्पताल बनाइएको हो।

वीर अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा त्यहाँका अन्य बिरामी र अस्पतालका ७० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। अब अस्पतालका ३ वटै ब्लकमा कोभिडका बिरामीको उपचार गरिनेछ।

corrent noodles
Metro Mart

प्रकाशित: Sep 06, 2020| 17:00 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।